दिलिप कुमारको अन्तिम तस्वीर सामाजिक संजालमा भाइरल,  अंगालो मारेर रोइन् सायरा !

दिलिप कुमारको अन्तिम तस्वीर सामाजिक संजालमा भाइरल,  अंगालो मारेर रोइन् सायरा !
Glammandu प्रकाशित: शुक्रबार, २५ असार २०७८, १३ : १४ pm

भारतका चर्चित पुराना कलाकार दिलिपकुमारको बुधबार निधन भएको छ । वियोगान्त पात्रको रुपमा अभिनय गर्ने अभिनेताका रुपमा परिचित दिलिपकुमारको ९८ बर्षको उमेरमा निधन भएको हो । मुम्बइमा रहेको पिएल हिन्दुजा अस्पतालमा उपचार भइरहेका बेला उनको निधन भएको हो। 

उनको निधन पश्चात बलिउड शोकमा डुबेको छ  ।  उनकी श्रीमती सायरा बानो एक्लो भएकी छिन् ।  दिलिपको निधन भएपछि सायराको भावुक पारिदिने थुप्रै तस्वीरहरु अहिले सामाजिक संजालमा भाइरल बनेको छ । सायराको पीडा झल्किने थुप्रै तस्वीर सामाजिक संजालमा भाइरल बनेको हो । तस्बिरमा सायराले दिलिप कुमारलाई अंगालो मारेर रोएकी छिन् । तस्बिरमा दिलिप कुमारको अन्तिम दर्शन गर्न पुगेका धर्मेन्द्र पनि देखिएका छन् । उनी पनि निकै भावुक भएको तस्बिरले स्पष्ट पारेको छ । दिलिप र धर्मेन्द्र निकै नजिकका मित्र थिए । उनीहरुले एकसाथ फिल्महरु खेलेका थिए । 

उनको अन्तिम संस्कार बुधबार साझँ नै राजकीय सम्मानका साथ गरिएको छ । अन्तिम संस्कारमा बलिउडका कलाकारहरु सहभागी भएका थिए । 

करिब ६ दशकभन्दा बढी समय चलचित्र जीवनमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए । उनको लोकप्रियता भने सन् १९४९ मा प्रदर्शनमा आएको चलचित्र अन्दाजबाट बढेको हो । उनले देवदास, नया दौर, मुग्ली ए आजम, गङ्गा जमुना, क्रान्ति र कर्मा जस्ता चर्चित हिन्दी चलचित्रमा अभिनय गरेका थिए । 

उनकी पत्नी साएरा बानु पनि बलिउड अभिनेत्री हुन् । उनहरुका सन्तान भने छैनन । सन् १९२२ को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा जन्मिएका दिलिपकुमारको सुरुको नाम भने युसुफ खान हो । 

भारतीय र हिन्दी चलचित्र क्षेत्रमा प्रवेश गर्ने क्रममा उनले आफ्नो नाम पनि परिवर्तन गरेर दिलिपकुमार राखेका हुन् । यस्तो अभ्यास अन्य कलाकारहरुले पनि गरेकाले उनले पनि त्यही गरेको बताइन्छ । 

उनको निधनप्रति कलाकार तथा राजनीतिज्ञलगायत धेरैले दुःख व्यक्त गरेका छन् । धेरैले उनलाई भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेताको संज्ञा पनि दिएका छन् ।

 

60e7fbb0537e6.JPG 60e7fbb57b66f.png 60e7fbb9184c7.png 60e7fbbdd4234.png
प्रकाशित: शुक्रबार, २५ असार २०७८, १३ : १४ pm

प्रतिक्रिया दिनुहोस

Related News