तेलुगु फिल्म ‘मिसन इम्पोसिबल’ मा तापसी

तेलुगु फिल्म ‘मिसन इम्पोसिबल’ मा तापसी
Glammandu प्रकाशित: बुधबार, २३ असार २०७८, १६ : ३६ pm

तेलुगु फिल्म  ‘मिसन इम्पोसिबल’ मा तापसी देखा पर्ने भएकी छिन् । ‘झुम्मडी नादम’ बाट आफ्नो फिल्मी करिअर सुरुवात गरेकी तापसीले पुनः तेलुगु फिल्म गर्न लागेकी हुन् । उनलै हालै मात्र यस फिल्म साइन गरेकी हुन्। उनी  ‘मिसन इम्पोसिबल’ मा मुख्य भूमिकामा छिन् । फिल्म निर्माताले एक पोस्टर सेयर गर्दै फिल्मको शीर्षक घोषणा गरेका थिए ।

उक्त पोस्टमा तापसीलाई डि ग्ल्यामरस अवतारमा देखाइएको छ । यस फिल्मको निर्देशन स्वरुप आरएसजेले गर्ने भएका छन्। यस फिल्म निरन्जन रेड्डी र अन्वेश रेड्डीले निर्माण गरिरहेका छन् । तापसी लामो समयको अन्तरालपछि तेलुगु फिल्ममा अभिनय गर्न लागेकी हुन् । उनले यसअघि सन् २०१८ मा ‘नीवेरो’ मा अभिनय गरेकी थिइन् ।

प्रकाशित: बुधबार, २३ असार २०७८, १६ : ३६ pm

प्रतिक्रिया दिनुहोस

Related News