आलिया र संजय अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सकियो

आलिया र संजय अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सकियो
Glammandu प्रकाशित: आइतबार, १३ असार २०७८, १४ : ५३ pm

बलिउड नायिका आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सकिएको छ । चलचित्रको निर्माणपक्षले मुम्बइको फिल्म सिटीमा बाँकी रहेको छायांकन पुरा गरेको हो ।

चलचित्र ‘गंगुबाई कठियाडवाडि’को चर्चित निर्देशक सञ्जय लीला भन्साली रहेका छन् । चलचित्रका निर्देशक, अभिनेत्रीलगायत कोरोनाको चपेटामा परेका थिए । जसका कारण लामो समय छायांकन रोकिएको थियो ।

भारतका दोश्रो चरणको कोरोना माहामारीका कारण यो चलचित्रको एक गीत र केही दृश्यको छायांकन बाँकी रहेको थियो । तर, भारतमा लकडाउन चलिरहेको समयमा यसको निर्माणपक्षले छायांकन सकेको हो । नायिका आलिया भट्ट र निर्देशक संजयलिला भन्सालीलाई कोरोना संक्रमण भएपछि चलचित्रको छायांकन रोकिएको थियो ।


संजयलिला भन्साली यो चलचित्रको छायांकन सकिएसँगै अब वेव सिरिज ‘हिरा मन्डी’को छायांकन सुरु गर्ने तयारीमा छन् । चलचित्रमा आलियाको साथमा नायक अजय देवगणको मुख्य भूमिका छ ।

प्रकाशित: आइतबार, १३ असार २०७८, १४ : ५३ pm

प्रतिक्रिया दिनुहोस

Related News