चिसाप गीताश्री साहित्य पुरस्कार स्थापित

चिसाप गीताश्री साहित्य पुरस्कार स्थापित
Glammandu प्रकाशित: विहीबार, १० असार २०७८, १४ : ४७ pm
चितवन साहित्य परिषद्का पूर्वाध्यक्ष श्रीभक्तअच्युत र उनकी श्रीमती गीता वाग्लेले ‘चिसाप गीताश्री साहित्य पुरस्कार’ स्थापना गरेका छन्। 

उनीहरुले पुरस्कारका लागि रु पाँच लाख दुई हजार ४५ को चेक विसं २०४५ मा स्थापित परिषद्लाई हस्तान्तरण गरेका हुन् ।
 
श्रीभक्तका अनुसार सो रकमले हरेक वर्ष प्रकाशित उत्कृष्ट कृतिलाई रु ३५ हजार ४५ नगदसहित पुरस्कृत गरिने छ । 

श्रीभक्तकै संयोजकत्वमा परिषद्को आफ्नै भवन पनि निर्माण गरिएको छ ।
 
वाग्मती प्रदेशसभा सदस्य गीता वाग्लेले साहित्यकारलाई थप ऊर्जा प्रदान गर्न पुरस्कारको राशि हस्तान्तरण गरिएको बताए । 

परिषद्का अध्यक्ष सुरेन्द्रप्रसाद अस्तफलले देशभरबाट एक वर्षमा प्रकाशित साहित्यिक पुस्तकमध्ये उत्कृष्टलाई  पुरस्कार प्रदान गरिने जानकारी दिए । रासस 
प्रकाशित: विहीबार, १० असार २०७८, १४ : ४७ pm

प्रतिक्रिया दिनुहोस

Related News