‘को होला त्यो’ को फिमेल भर्सनमा पल र प्रकृतिको रोमान्स

‘को होला त्यो’ को फिमेल भर्सनमा पल र प्रकृतिको रोमान्स
Glammandu प्रकाशित: बुधबार, ०९ असार २०७८, १० : ५५ pm

गायक सुनिल गिरीको ‘को होला त्यो’ बोलको हिट गीत फिमेल भर्सनमा पनि सार्वजनिक भएको छ । उक्त गीतको फिमेल भर्सनमा गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । उक्त गीतको भिडियो मंगलबार सुनिल गिरीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको २४ घण्टा नपुग्दै उक्त भिडियो ट्रेन्डिङमा पर्न सफल भएको छ ।

सुनिल गिरीकै कै शब्द, संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज छ । भिडियोमा अभिनेता पल शाह र अभिनेत्री प्रकृति श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

गायक गिरीले ८ वर्ष अगाडी पल र प्रकृतिलाई नै लिएर यो गीतको पुरुष भर्सनमा भिडियो बनाएका थिए । अनिल कृष्ण मानन्धरको छायाँकन र निर्देशन रहेको भिडियोमा सम्पादन र कलरिगं मनोज कार्कीले गरेका छन् ।

प्रकाशित: बुधबार, ०९ असार २०७८, १० : ५५ pm

प्रतिक्रिया दिनुहोस

Related News