करिश्माले सिन्धुपाल्चोकका बाढीपीडितलाई एक लाख रुपैयाँ सहयोग गर्ने

करिश्माले सिन्धुपाल्चोकका बाढीपीडितलाई एक लाख रुपैयाँ सहयोग गर्ने
Glammandu प्रकाशित: आइतबार, ०६ असार २०७८, १६ : ३३ pm

अभिनेत्री करिश्मा मानन्धरले सिन्धुपाल्चोकका बाढीपीडितका लागि राहतस्वरुप एकलाख रुपैयाँ प्रदान गर्ने भएकी छिन् ।

मानन्धरले बाढी प्रभावितलाई सघाउन बरिष्ठ अभिनेता कृष्ण मल्ल संयोजकत्वमा गठित कलाकारको समितिलाई सहायता उपलब्ध गराउने बताएकी हुन् ।

सामाजिक संजाल फेसबुकमार्फत करिश्माले अन्य कलाकारलाई पनि खडा गरिएको कोषमा सहयोग गर्न आग्रह गरेकी छिन् । संकलन हुने रकम १० गते आयोजना हुने कार्यक्रममा बाढी पीडितलाई प्रदान गरिने भएको छ ।

यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि  मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ  ।

60cf1fb04f80c.JPG
प्रकाशित: आइतबार, ०६ असार २०७८, १६ : ३३ pm

प्रतिक्रिया दिनुहोस

Related News