छाउपडी प्रथामा आधारित फिल्म "टालो" सर्वत्र चर्चामा

छाउपडी प्रथामा आधारित फिल्म "टालो" सर्वत्र चर्चामा
Glammandu प्रकाशित: शनिबार, ०५ असार २०७८, १८ : ०२ pm

नेपालको मध्य तथा सुदुर पश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित कुप्रथामा आधारित नेपाली कथानक चलचित्र "टालो" अहिले चलचित्र बजारमा चर्चाको बिषय बनेको छ ।

रिम विश्वकर्माको कथा अनि दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादनमा निहारिका फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको उक्त चलचित्र युट्युब च्यानल ओएसआरबाट रिलिज भएको हो ।

जसमा रिम विश्वकर्मा, अन्जली खड्का, प्रेम देव गिरी , सुशिला सिंजापती, उदय बि.के, गगन बि.के, एलिशा बादी, सम्झना बादी, खगेन्द्र के.पी , भुपेश सोनी, शेरबहादुर, खगेन्द्र जैसी , जमुना बि.क आदि नयाँ अनुहारले पर्दापण गरेका छन् ।

यो फिल्ममा भएको दुइटा गीतमा मेलिना राई, शान्ती श्री परियार, ऋषि खड्काको आवाज रहेको छ भने रमेश बि.जि र ऋषि खड्काको शब्द रचना रहेको छ । उत्तम रिमालको द्वन्द निर्देशन रहेको उक्त चलचित्रमा दुई ओटा द्वन्दको दृश्य समावेस गरिएको छ । 

खास गरि छुई ( मासिक श्राव )को बेला चेलीलाई ५ दिनसम्म घरमा बस्न नदिई गोठमा वा जङ्गलमा सानो गोठ बनाएर बस्न बाध्य गराईने अमानविय कुप्रथा लाई उन्मुलन गर्न हेतु सहयोगीको काम गरोस भनेर यो फिल्म निर्माण गरिएको कथाकार तथा निर्माता रिम विश्वकर्मा हामीलाई बताए ।

वर्षाको समयमा वास्तविक छाउगोठ मै गई एकदमै दुख गरि बनाईएको उक्त चलचित्र सम्पुर्ण नेपालीले एकपटक हेर्नै पर्ने निर्देशक दीपक श्रेष्ठको भनाई छ । कथामा जीवन्तता आओस् भन्ने हेतुले स्थानिय कलाकारलाई नै समावेस गराईएको निर्माण पक्षको भनाई छ ।

भिडियो हेर्नुहोस्:-

प्रकाशित: शनिबार, ०५ असार २०७८, १८ : ०२ pm

प्रतिक्रिया दिनुहोस

Related News