फिल्म छायाँकार रामशंकर प्रधानको निधन

फिल्म छायाँकार रामशंकर प्रधानको निधन
Glammandu प्रकाशित: सोमबार, ३१ जेठ २०७८, १५ : ५२ pm

फिल्म छायाँकार रामशंकर प्रधानको निधन भएको छ । ७२ वर्षका प्रधानको आइतबार राती वीर अस्पतालमा निधन भएको हो ।

उनी लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । प्रधानको मृगौला समस्याका कारण लामो समयदेखि डायलासिस हुँदै आएका थियो । 

‘त्रिनेत्र’, ‘अजम्बरी नाता’, ‘चलचित्र’, ‘फेरि तिम्रो याद आयो’ ‘पर्खी बसेँ, ‘सुन्दर मेरो नाम’, ‘लगनगाँठो’, ‘रगत’ लगायत दर्जनौं नेपाली फिल्म छायाँकन गरेको प्रधानको सोमबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

प्रकाशित: सोमबार, ३१ जेठ २०७८, १५ : ५२ pm

प्रतिक्रिया दिनुहोस

Related News