निशा घिमिरेको उपचारको लागि शिव परियारले गरे आर्थिक सहयोग

निशा घिमिरेको उपचारको लागि शिव परियारले गरे आर्थिक सहयोग
Glammandu प्रकाशित: सोमबार, ३१ जेठ २०७८, १३ : ३७ pm

कलाकार तथा मोडल निशा घिमिरेको उपचारको लागि गायक शिव परियारले आर्थिक सहयोग गरेका छन् ।  उनले नर्भिक अस्पतालमा उपचाररत निशालाई १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । उनले सामाजिक संजालमार्फत निशाको उपाचारको लागि उक्त रकम उपलब्ध गराएको जानकारी दिएका छन् ।

कलाकार घिमिरेलाई नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले गत बुधबार उद्दार  अस्पताल भर्ना गराएकी हुन्  । 

तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए । 

काठमाण्डौमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् । 

60c70dcb8b09c.JPG
प्रकाशित: सोमबार, ३१ जेठ २०७८, १३ : ३७ pm

प्रतिक्रिया दिनुहोस

Related News