अभिनेत्री यामी र निर्देशक आदित्य वैवाहिक जीवनमा बाँधिए

अभिनेत्री यामी र निर्देशक आदित्य वैवाहिक जीवनमा बाँधिए
Glammandu प्रकाशित: आइतबार, २३ जेठ २०७८, १३ : ३१ pm

बलिउड अभिनेत्री यामी गौतम र निर्देशक आदित्य धर वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट आफूहरु  शुक्रबार विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । कोरोना महामारीका कारण उनीहरुको विवाह समारोह निकै छोटो राखिएको थियो भने दुई परिवारका सीमित व्यक्तिको मात्र उपस्थिति रहेको थियो । 
 
सन् २०१९ मा रिलिज भएको फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ लाई आदित्य धरले निर्देशन गरेका हुन् । यसमा यामीको सहायक भूमिका थियो । यही फिल्मको छायांकनको समयदेखि उनीहरु एकअर्काको प्रेममा रहेका थिए । 

प्रकाशित: आइतबार, २३ जेठ २०७८, १३ : ३१ pm

प्रतिक्रिया दिनुहोस

Related News