रोकिएको‘द भ्वाइस अफ नेपाल’आजबाट प्रशारण हुने

रोकिएको‘द भ्वाइस अफ नेपाल’आजबाट प्रशारण हुने
Glammandu प्रकाशित: शुक्रबार, २१ जेठ २०७८, १४ : ५२ pm

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट पुनः सुरु हुने भएको छ । २ सातासम्म रोकिएको शो आजदेखि पुनः संचालन हुन लागेको हो ।

शोका निर्देशक लक्ष्मण पौडेलका अनुसार आजबाट शो निर्धारित समयमा नै प्रशारण हुनेछ। २ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको थियो ।

यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई समेत कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो । आयोजक टिमका अनुसार प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । प्रमोद र तृष्णा कोरोनामुक्त भइसकेका छन् भने दीप श्रेष्ठको अस्पतालमा उपचार भैरहेको छ । श्रेष्ठलाई गत शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।

यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ । आज बेलुकी प्रशारण हुने भागमा नकआउट चरण अन्र्तगत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित: शुक्रबार, २१ जेठ २०७८, १४ : ५२ pm

प्रतिक्रिया दिनुहोस

Related News