दिपेन्द्र तिमल्सिनाको निर्देशनमा शान्तिश्री र प्रताप दासको 'फुटेको भाडो' (भिडियोसहित)

दिपेन्द्र तिमल्सिनाको निर्देशनमा शान्तिश्री र प्रताप दासको 'फुटेको भाडो' (भिडियोसहित)
Glammandu प्रकाशित: शुक्रबार, २१ जेठ २०७८, १२ : २९ pm

पछिल्लो समय निकै चर्चाको शिखरमा रहन सफल गायिका शान्ति श्री परियार र गायक प्रताप दासको आवाजमा रहेको लोक दोहोरी गीत "फुटेको भाँडो" को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत आज (शुक्रबार) शान्ति श्री परियार नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा शब्द र संगीत शान्ति श्री परियारकै रहेको छ । उक्त गीतको भिडियोमा विजय बराल, सुनिशा बजगाईं, सुशील पोखरेल र दिप्सन परियारको अभिनय रहेको छ । भिडियोलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् ।

पछिल्लो समय युवापुस्ताले निकै रुचाएको भिडियो सेयरिङ प्लेटफर्म टिकटकको प्रसङ्गलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नुहोस् :

प्रकाशित: शुक्रबार, २१ जेठ २०७८, १२ : २९ pm

प्रतिक्रिया दिनुहोस

Related News