७ दिने बेली डान्सको कार्यशाला हुँदै

७ दिने बेली डान्सको कार्यशाला हुँदै
Glammandu प्रकाशित: बुधबार, १९ जेठ २०७८, १३ : २४ pm

नेपालका चर्चित कलाकार अर्थात् बेली रानीको रुपमा उपनाम पाएकी कलाकार बिनु शाक्यले ७ दिने बेली डान्सको कार्यशाला अन्लाइन संचालन गर्दैछिन् ।

शाक्यले आफ्नो फेसबुक मार्फत कार्यशालाबारे जनकारी गराएकी हुन् । विभिन्न कार्यक्रममा उनले आफ्नो बेली डान्सको कला प्रस्तुत गर्दै आएकी छिन् । आज भोलि युवावर्गमा बेली डान्सको क्रेज बढ्दो छ।

त्यसैलाई मध्यनज़र गर्दै बिनु शाक्यले यो कार्यशाला आयोजना गर्न लागेकी हुन् । आफुलाई धेरै इनस्टा/फेसबुकमा फलो गर्न भएकोले बेली डान्स सिक्ने इच्छा राखेको हुनाले पहिलो पटक गर्न लागेकी उनले बताइन् । जून ६ देखी १२ तारिखसम्म हरेक दिन बेलुकी ४ बजेदेखि ५ बजेसम्म हुनेछ र शूल्क रु १५०० लाग्नेछ ।

प्रकाशित: बुधबार, १९ जेठ २०७८, १३ : २४ pm

प्रतिक्रिया दिनुहोस

Related News