प्रियंकाको अनुरोध, 'जनतालाई चुनाव हैन, भेन्टिलेटर, अक्सिजन र भ्याक्सिन देऊ'

प्रियंकाको अनुरोध, 'जनतालाई चुनाव हैन, भेन्टिलेटर, अक्सिजन र भ्याक्सिन देऊ'
Glammandu प्रकाशित: शनिबार, १५ जेठ २०७८, १३ : २८ pm

नायिका प्रियंका कार्कीले सरकारलाई नागरिकप्रति उत्तरदायी हुन आग्रह गरेकी छिन् । अहिलेको अवस्थामा चुनावभन्दा पनि नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्न समेत आग्रह गरेको छिन् । उनले सामाजिक संजालमार्फत सरकारलाई देश र जनताको सुरक्षा गर्नको लागि सरकारलाई अनुरोध गरेकी हुन् ।

देश र जनतालाई चुनाव नभई भेन्टिलेटर, अक्सिजन र भ्याक्सिनको आवश्यकता रहेको बताएकी छिन्  । 

उनी लेख्छिन्, "सरकार आँखा खोलेर एक़ पटक निहालेर देशको स्तिथि हेर्नुस् ! अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिँदैन । यो अहिले प्राथमिकतामा पर्दैन। यति सामान्य कुरा पनि देख्न र बुझ्न नसक्ने ?" 

चुनाव परिस्थिति ठिक भएपछि गर्न सकिने भन्दै उनले अहिलेको परिस्थितिलाई बुझ्न आग्रह गरेकी हुन् । 

उननी भन्छिन् "हजारौं दरमा कोरोना संक्रमित बढिरहेका छन् अस्पतालमा ठाउँ छैन, भेन्टिलेटर छैन अक्सिजन छैन, जनताले भ्याक्सिन लगाउन पाएका छैनन्, निषेधाज्ञा चलिरहँदा जनताले २ छाक खान पाएका छैनन्, हाम्रो नेपाल जस्तो संस्था र आदर्श मिश्रा जस्तो नागरिकले देशको हालत र परिस्थितिमा सुधार ल्याउन दिनरात खटिरहेका छन् जुन काम खासमा सरकारको हो ।"

उनले ४० अर्ब खर्चेर चुनावमा खर्चनुको साटो अक्सिजन सिलिन्डर, आइसीयु वार्ड, भेन्टिलेटर, हेल्थकेयर सिस्टम र सबैलाई नि:शुल्क खोप उपलब्ध गराउनमा खर्च गर्न समेत अनुरोध गरेकी छिन् ।

अहिलेको समय र परिस्थितिलाई प्राथमिकतामा राखेर अगाडी बढे जनताले राहत महसुस गर्ने समेत उनले बताएकी छिन् । यो विषम परिस्थितिमा पनि सरकार बुझ पचाएर बसेको उनको भनाइ छ । चुनावमा भोटको आशा गर्नेहरुलाई भोट पाउन लायक काम गरेर देखाउन समेत आग्रह गरेकी  छिन् ।

प्रकाशित: शनिबार, १५ जेठ २०७८, १३ : २८ pm

प्रतिक्रिया दिनुहोस

Related News