वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण

वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण
Glammandu प्रकाशित: शनिबार, १५ जेठ २०७८, १० : १४ pm

वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना संक्रमण भइ स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनी हस्पिटल भर्ना भएका छन् ।

शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना  हो ।

द भ्वइस अफ नेपालले आफ्नो फेसबुक पेजमा लेखेको छ : महागुरु कोच दीपलाई शिघ्र स्वास्थ्य लाभको कामना ! स्वास्थमा सामान्य समस्या देखिएपछि हस्पिटलमा भर्ना हुनु भएका महागुरु हाम्रा कोच दीप श्रेष्ठलाई कोभिड देखिएपछि उहाँ अहिले यो रोग सँग जुधिरहनु भएको छ । सधैं हामीलाई आत्मबल दिने संगीतका जीवन्त धरोहरलाई कोभिडसँग जुध्न सामान्य नै हुनेछ भन्नेमा हामीलाई विश्वास छ । गायक श्रेष्ठलाई निमोनिया देखिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित: शनिबार, १५ जेठ २०७८, १० : १४ pm

प्रतिक्रिया दिनुहोस

Related News