अस्पतालको लापरबाहीले गर्दा मैले बुबा गुमाए : आदर्श मिश्रा

अस्पतालको लापरबाहीले गर्दा मैले बुबा गुमाए : आदर्श मिश्रा
Glammandu प्रकाशित: बुधबार, १२ जेठ २०७८, १७ : ५१ pm

कमेडियन आदर्श मिश्राको पिताको निधन भएको छ । चार बर्षदेखि मिर्गौलाका बिरामी रहेका आदर्शका पिता विनोद मिश्राको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । उनलाई आदर्शले सोमबार राती नारायणी अस्पतालबाट उपचारका लागि भरतपुर अस्पताल लगेका थिए । 

चार बर्षदेखि मिर्गौलाका बिरामी रहेका आदर्शका पिताको डायलिसस हुँदै आएको थियो । आदर्शकले पितालाई हप्ताको दुई पटक मिर्गौलाको डायलसिस गराउन नारायणी अस्पतालमा डाइलासिस गराउने गरेका थिए । 

अस्पतालको लापरबाहीको कारण आफ्नो पिता गुमाउनु परेको आदर्शले बताएका छन् । अस्पतालको लापरवाहीका कारण आफ्नो बुबाको डायलसिस पूरा समय हुन नपाउँदा निधन भएको उनको भनाइ छ । काजकिरिया सकिएपछि आफू त्यसविरुद्ध लड्ने उनले बताएका छन् । 

नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको उनले बताएका छन्  । उनले नर्सलाई इंगित गर्दै भनेका छन्, "डाक्टरले युरिया उहाँको ब्रेनमा पुगिसक्यो, प्लिज चार घन्टा डायलासिस गरिदिनुस् भन्नुभयो। डाक्टर हुँदा चार घन्टाको टाइमर सेट गर्ने अनि डाक्टर गइसकेपछि तीन घन्टामा झारिदिने! एक घन्टा टाइम घटाएर बाँच्ने आयु पनि घटाइदिएको हो नि दिदी हजुरले। हजुरलाई छिटो घर पुग्नु थियो होला तर कोही मान्छे चाहिँ घर पुगेनन् क्या! घरै पुगेनन्। एक घन्टा घटाइदिनाले। त्यसको लागि धेरै धेरै धन्यवाद।"

आफ्नो पिताको निधन भएपछि आदर्शले आफ्नो युटुब च्यानलमा भिडियो अपलोड गर्दै आफ्नो पिताको निधनको जिम्मा नेशनल मेकिडल कलेज र नारायणी अस्पतालले लिनुपर्ने बताएका छन् । 

आदर्शले भिडियोमार्फत आदर्शले भनेका छन्–‘मेरो बाबाको मृत्युको सम्पूर्ण जिम्मा नेशनल मेकिडल कलेज र नारायणी अस्पतालले लिनुपर्छ । किनकी, दुई हप्ता अगाडि बाबालाई डायलासिसमा लैजाँदा एचपीओ टू छ भनेर यहाँ डायलासिस हुँदैन भनेर एनएमसीबाट निकालिदिएको हो। चार वर्ष बाबाले एनएमसीमा डायलासिस गराउनु भएको हो। प्रति डायलासिसको सरकारले ३५ सय दिन्छ। कमाउने बेलामा तिमीहरु कमाउने, पेसेन्टलाई गाह्रो भएको बेलामा धपाइदिने ?’

भरतपुर अस्पतालमा रातभर बाबालाई आसियुमा राख्दिनस् भन्दै डाक्टरलाई रिक्वेस्ट गर्दा पनि डाक्टरले एचपीओ टू ठिक छ, भाइटल्स ठिक भन्दै टारेको उनले गुनासो छ । उनले भनेका छन्, "भरतपुर अस्पतालमा डाक्टरलाई 'सर १०५ ज्वोरो छ, बाबालाई होस छैन सर।'

'एचपीओ टू ठीक छ भाइ, भाइटल्स ठीक छ भाइ।' आइसीयूमा राखिदिनुस् न सर। आइसीयूमा राखिदिनुस् न सर' भन्दाभन्दै भन्दाभन्दै बिहानको १० बजे बाबा बित्नुभयो। एचपीओ टू मात्रै ठीक भएर कोभिड १९ ठीक हुने भए म पनि अक्सिमिटर लिएर डाक्टर हुन्थे नि! स्ट्यान्डअप किन गरिरहेको हुन्थेँ? ।"

आदर्शले बुबाको निधन भएपछि आफूले आमालाई झुटो बोलेको समेत बताएका छन् । "आमा डिप्रेसनको औषधी खाइरहनुभएकोले मैले आमालाई भन्न सकिन," उनले भिडियोमा भनेका छन् ।  बुबा बितिसक्दा पनि नारायणी अस्पताल लैजाने भन्दै बुवालाई दाहसंकार गर्न लागेको उनले बताएका छन् । 
उनको भिडियो हेर्नुहोस् : 

प्रकाशित: बुधबार, १२ जेठ २०७८, १७ : ५१ pm

प्रतिक्रिया दिनुहोस

Related News