साहित्यकार डा गिरीको निधन

साहित्यकार डा गिरीको निधन
Glammandu प्रकाशित: सोमबार, १० जेठ २०७८, १६ : ५८ pm

साहित्यकार डा वानीरा गिरीको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पुर्याइएको आधा घण्टामा नै उनको निधन भएको थियो । उनी मधुमेह र  अल्जाइमर रोगबाट पनि पीडित थिइन्  । 

त्रिमूर्ति निकेतनका आयोजनामा डा गिरीलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइनाका साथै रु पाँच लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि पनि दिइएको थियो । विसं २०७६ मा वानीरा फाउण्डेशनको स्थापना भएको थियो । सो फाउण्डेशनको पूँजी करीब रु सात करोड बराबर छ संस्थाका सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।     

गिरीको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उनी विसं २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाडौँ आएकी थिइन् । उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध थिइन्  । नेपाली भाषासाहित्यमा विद्यावारिधि९गोपालप्रसाद रिमालको काव्यसम्बन्धी २०४२० उनी पहिलो नारी थिइन् । 

डा गिरीका जीवन थाय्मरु, शब्दातीत शान्तनु, कारागार जस्ता कविता, निबन्ध र उपन्यास गरेर १४ कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसार्इँद्वारा डा वानीरा गिरिको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरि’ ९२०७०० प्रकाशन भयो भने सोको अङ्ग्रेजी भाषामा दुर्गा वनवासीले अनुवाद ९२०७८० गरेकी छिन् । 
सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा गिरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन् ।  डा गिरिका पति, एक छोरा र एक छोरी छन् ।  फाउण्डेशनले गिरीजस्तो विशिष्ट प्रतिभाको असामयिक निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । रासस 

प्रकाशित: सोमबार, १० जेठ २०७८, १६ : ५८ pm

प्रतिक्रिया दिनुहोस

Related News