‘राधे’ सलमान खानको करियरकै कमजोर फिल्म

‘राधे’ सलमान खानको करियरकै कमजोर फिल्म
Glammandu प्रकाशित: सोमबार, १० जेठ २०७८, १० : ३१ pm

नायक सलमान खानले अभिनय गरेको चलचित्र ‘राधे’ उनको करियरकै कमजोर चलचित्र सावित भएको छ । 

मे १३ मा ओटीटी प्लेटफर्म र हलमा रिलिज भएको यो चलचित्रले दर्शकको अपेक्षा पुरा गर्न भने सकेन ।

यो चलचित्रलाई दर्शकले सलमानको आजसम्मकै करिअरको सबैभन्दा कमजोर चलचित्र भनेका छन् । इन्टरनेट मुभी डाटाबेस(आइएमडीबी) मा १ लाख ४८ हजार मानिसले यो चलचित्रलाई जम्मा १.८ रेटिङ दिएका छन् । ‘राधे’ सलमानको अहिलेसम्म रिलिज भएका चलचित्रमध्ये सबैभन्दा कमजोर रेटिङ पाउने चलचित्र बनेको छ ।

यो चलचित्रबाट सलमान खानले भने १ सय करोड नाफा कमाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । प्रभु देवाको निर्देशनमा तयार भएको यो चलचित्रमा सलमान खान, दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यसअघि सलमानले अभिनय गरेको चलचित्र ‘रेस ३’ले आइएमडीबीमा १.९ रेटिङ पाएको थियो ।
 

प्रकाशित: सोमबार, १० जेठ २०७८, १० : ३१ pm

प्रतिक्रिया दिनुहोस

Related News