चलचित्र ‘हिटलर’ युटुबमा सार्वजनिक

चलचित्र ‘हिटलर’ युटुबमा सार्वजनिक
Glammandu प्रकाशित: आइतबार, ०९ जेठ २०७८, १८ : १३ pm

चलचित्र ‘हिटलर’ युटुबमा सार्वजनिक भएको छ । यो चलचित्रलाई शुक्रबार रेड बर्ड प्रोडक्शनको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । 

हालसम्म उक्त चलचित्रलाई ९५ हजारभन्दा धेरै दर्शकले हेरिसकेका छन् । सौरभ ढकालको निर्देशनमा तयार भएको चलचित्रलाई अष्टनारायण पिक्चर्सले निर्माण गरेको छ । चलचित्रमा सोहित मानन्धर, मेनुका प्रधान, समिया बर्तौला, अर्जुन गुरुङ, दिवस धिताल लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रमा लोचन घिमिरेको संगीत, कृष्ण अछामीको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, अर्जुनराज पौडेलको छायांकन छ ।

किचमान चित्रकारको कथा रहेको यो चलचित्रमा बुद्धरत्न मानन्धर, त्रिरत्न मानन्धर, रामवीर मानन्धर, मनिकराम मानन्धर कार्यकारी निर्माताको रुपमा छन् । केही बर्ष अगाडि हलमा रिलिज भएको यो चलचित्रको निर्माता चिनिमाया मानन्धर हुन् । 

प्रकाशित: आइतबार, ०९ जेठ २०७८, १८ : १३ pm

प्रतिक्रिया दिनुहोस

Related News