चलचित्र‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक (भिडियोसहित)

चलचित्र‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक (भिडियोसहित)
Glammandu प्रकाशित: आइतबार, ०९ जेठ २०७८, १८ : ०४ pm

नेपाली चलचित्र ‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक भएको छ । उक्त चलचित्र शुक्रबार ओएसआर डिजिटल नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

शुक्रबार सार्वजनिक भएको यो चलचित्रलाई २ लाख ९६ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् ।  चलचित्रले ८ हजारभन्दा बढी लाइक प्राप्त गरेको छ भने ५ सयभन्दा बढीले डिसलाइक गरेका छन् । यस्तै, ५ सय भन्दा बढीले कमेन्ट गरेका छन् । अधिकांशले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा कथा, पटकथा तथा निर्देशन देव भुषालको छ । चलचित्रमा नायक भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा, सुरेन्द्र केसी, राजेन्द्र गिरी, अर्जुन खत्री लक्ष्मी तिमल्सिना लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

चलचित्र ‘मिस्टर नेपाली’ डेढ बर्ष अगाडि नेपाली हलहरुमा रिलिज भएको थियो ।

प्रकाशित: आइतबार, ०९ जेठ २०७८, १८ : ०४ pm

प्रतिक्रिया दिनुहोस

Related News