धुर्मुसद्वारा अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण

धुर्मुसद्वारा अस्पताललाई  अक्सिजन सिलिन्डर हस्तान्तरण
Glammandu प्रकाशित: मंगलबार, ०४ जेठ २०७८, ११ : १६ pm

हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका छन् । 

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्षसमेत रहेका उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शय्याको कोभिड अस्पतालका लागि ५० वटा सिलिन्डरमा अक्सिजन भरेर अस्पताललाई हस्तान्तरण गरेका हुन् । 

पछिल्लो समय उनी समाजसेवा निकै सक्रिय छन् । चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानमा जुटिरहेका धुर्मुस केही सातायता कोरोना महामारी नियन्त्रणमा सक्रिय छन्। धुर्मुस यसअघि पनि महाभूकम्प, बाढीपहिरोमा राहत तथा उद्धारमा खटिएका थिए ।

प्रकाशित: मंगलबार, ०४ जेठ २०७८, ११ : १६ pm

प्रतिक्रिया दिनुहोस

Related News