पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज

पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज
Glammandu प्रकाशित: शुक्रबार, ३१ बैशाख २०७८, १७ : ३६ pm

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छिन । 

उनलाई अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएकी छिन् । 

कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएकी थिइन् । 

अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । निरन्तरको उपचारले उनको अवस्थामा पछिल्ला केही दिनदेखि सुधार आइरहेको थियो । क्रमिक रुपमा सुधार भइरहेको कोमललाई अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको हो । 

पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था सुरुवातदेखि नै सामान्य र स्थिर थियो ।  पूर्व राजा, पूर्व रानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । 
 

प्रकाशित: शुक्रबार, ३१ बैशाख २०७८, १७ : ३६ pm

प्रतिक्रिया दिनुहोस

Related News