गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त

गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त
Glammandu प्रकाशित: बुधबार, २९ बैशाख २०७८, १४ : १९ pm

गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू संक्रमणमुक्त भएको जानकारी दिएका छन् । सपुतसँगै उनका भाइ कलाकार देबेन्द्र बब्लू कोरोना संक्रमणमुक्त भएका छन् ।

उनले लेखेका छन्, नाता र भावना ले जोडिएका आफन्त इष्टमित्र एंव कलाकारीता मार्फत जोडिनुभएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ । 

उनले कोरोना जित्न सकिन्छ भन्ने आत्मविश्वास बाँडन चाहाने समेत बताएका छन् । उनलाई बैशाख १६ मा कोरोना सक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । त्यसपछि भाई देबेन्द्रमा पनि कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी पनि होम आइसोलेसनमा बसेका थिए । अहिले प्रकाशकी आमा पनि कोरोना संक्रमित छिन् । 

609b93bbae659.JPG
प्रकाशित: बुधबार, २९ बैशाख २०७८, १४ : १९ pm

प्रतिक्रिया दिनुहोस

Related News