नेपाली बजारमा आज (साेमबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।
साेमबार सुनकाे मूल्य ताेलामा २ सय रूपैयाँले बढेर प्रतितोला ९२ हजार रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, साेमबार तेजावी सुनको मूल्य पनि ताेलाकाे २ सय रूपैयाँले नै बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, साेमबार चाँदीकाे मूल्य पनि ताेलाकाे १५ रुपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय ६० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस