विश्व कीर्तिमानी गीतकार उपाध्यायको सबैभन्दा बढी ‘आमा’शब्द समेटिएको गीत सार्वजनिक

विश्व कीर्तिमानी गीतकार उपाध्यायको सबैभन्दा बढी ‘आमा’शब्द समेटिएको गीत सार्वजनिक
Glammandu प्रकाशित: आइतबार, २६ बैशाख २०७८, १५ : ५६ pm

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको)को छेको पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक भएको हो । 

यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वल्र्ड रेकर्डमा दर्ज भएको छ । । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।

नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गरेका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उनले गीत सङ्गीतका विविध ५२ विधामा विश्व रेकर्ड राखेका छन्  ।

प्रकाशित: आइतबार, २६ बैशाख २०७८, १५ : ५६ pm

प्रतिक्रिया दिनुहोस

Related News