आइतबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: आइतबार, २६ बैशाख २०७८, ११ : २१ pm

नेपाली बजारमा आज (आइतबार) सुनकाे मूल्य बढेकाे छ । चाँदीकाे मूल्य भने घटेकाे छ ।

आइतबार सुनकाे मूल्य ताेलाकाे एक सय रुपैयाँले बढेर प्रतिताेला ९१ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार तेजावी सुनको भाउ पनि ताेलाकाे एक सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, आइतबार चाँदीकाे मूल्य भने ताेलाकाे ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित: आइतबार, २६ बैशाख २०७८, ११ : २१ pm

प्रतिक्रिया दिनुहोस

Related News