बलिउड अभिनेत्री कंगनालाई कोरोना संक्रमण

बलिउड अभिनेत्री कंगनालाई कोरोना संक्रमण
Glammandu प्रकाशित: शनिबार, २५ बैशाख २०७८, १६ : ४५ pm

बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । 

उनले लेखेकी छिन्, विगत केही दिनदेखि म थकित र कमजोरसँगै मेरो आँखा पोलेको अनुभूति भइरहेको थियो । हिमाचलमा जाने आशा गर्दै थिए, त्यसैले हिजो परीक्षण गराए । मलाई कोरोना पोजेटिभ देखिएको छ।

उनी डाक्टरको सल्लाहअनुसार होम आइसोलेसनमा बसिरहेकी छन् । 

60966ffb2e4b6.JPG
प्रकाशित: शनिबार, २५ बैशाख २०७८, १६ : ४५ pm

प्रतिक्रिया दिनुहोस

Related News