दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार शनिबार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको हो ।
मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् । मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको प्रहरीले जनाएको छ । शिलाबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहिआएको छ ।
शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ । यसअघि गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासनले विज्ञप्ति नै जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस