नेपाली बजारमा आज (शुक्रबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।
शुक्रबार सुनकाे मूल्य ताेलाकाे ११ सय रुपैयाँले बढेर प्रतिताेला ९१ हजार ७ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको भाउ पनि ताेलाकाे ११ सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार २ सय रूपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य भने ताेलाकाे ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ५० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।
बिहीबार सुनकाे मूल्य ताेलाकाे ३ सय रुपैयाँले बढेर प्रतिताेला ९० हजार ६ सय रुपैयाँमा काराेबार भएकाे थियाे । बिहीबार चाँदीकाे मूल्य भने ताेलाकाे ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १५ रूपैयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस