बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन
Glammandu प्रकाशित: विहीबार, २३ बैशाख २०७८, १४ : ३१ pm

बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको आज विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई आज विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।


उनको निधनको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिए ।

 वि.सं. १९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका हुन् ।

उनले घुम्तीमा नआउ है, तिमीलाई अचेल कहाँ देखुँ, गोरेँटो यो गाउँको, पर लैजाउ फुलहरु जस्ता बहुचर्चित गितहरु गायका छन् ।

प्रकाशित: विहीबार, २३ बैशाख २०७८, १४ : ३१ pm

प्रतिक्रिया दिनुहोस

Related News