कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार

कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार
Glammandu प्रकाशित: विहीबार, २३ बैशाख २०७८, ०७ : ०४ pm

नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत पूर्वमहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि आईसीयूबाट वार्डमा सारिएको छ। 

शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबार आईसीयूबाट वार्डमा सारिएको अस्पताल स्रोतले जनाएको छ । 

कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहको स्वास्थ्यमा समस्या देखिएपछि गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। 
आईसीयूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबारदेखि उनलाई वार्डमा सारिएको हो। उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ। 

नर्भिकमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ। 

प्रकाशित: विहीबार, २३ बैशाख २०७८, ०७ : ०४ pm

प्रतिक्रिया दिनुहोस

Related News