आगामी वर्षदेखि सबै स्कुल र कलेजमा फिल्म पढ्न पाउने

आगामी वर्षदेखि सबै स्कुल र कलेजमा फिल्म पढ्न पाउने
Glammandu प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १० : ४९ pm

ग्ल्याममान्डु, काठमाडौं –नेपाली फिल्मको इतिहास पाँच दशकभन्दा बढि पुरानो छ । यो कालखण्डमा नेपाली फिल्मले केही फड्को अवश्य मारेको छ । तर, जति परिवर्तन हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । शुरुको दशक देखि अहिलेसम्म आउँदा प्रविधिमा केही परिवर्तन देखिएको छ ।

फिल्मको कथा वाचनशैलीमा केही परिवर्तन आएको छ । नेपाली फिल्म हेर्ने संस्कार भने शुरुको दशक भन्दा अहिले कमहुदै गईरहेको छ । नेपाली फिल्म क्षेत्रमा अध्ययन गरेर भन्दा हेरेर, देखेर र सिकेर आएका फिल्म कर्मीहरु धेरै छन् । पछिल्लो समय नेपाली फिल्म कर्मीहरुको विवाद हेर्दा लाग्छ फिल्म क्षेत्र सबै भन्दा अबुझ क्षेत्र झै लाग्छ ।

फिल्म क्षेत्रमा कोही पनि फिल्मकर्मी सचेत हुनुपर्ने मानसिकताका छैनन् । त्यसको प्रमूख कारण फिल्म क्षेत्रले शुरुवाती दिन देखि दिननसकेको संस्कार र शिक्षाहो । यी कुराहरुमा परिवर्तन ल्याउन, आममानिसमा नेपाली फिल्मको इतिहास र ज्ञान बढाउन चलचित्र विकास बोर्डले नयाँ योजना अघि सारेको छ ।

चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास बोर्डका अध्यक्षदयारामदाहाललाई पाठ्यक्रमनिर्माण समितिको पदेन सदस्यको रुपमाआमन्त्रित गरेका छन् ।

समितिले कोरोना प्रभाव हट्ने बितिकै आगामीबर्षका लागि पाठ्यक्रमनिर्माण गर्ने कार्य शुरु गरिनेछ । आगामीबर्षदेखि विद्यालय स्तरबाटै फिल्मवारे पढ्न पाईने विकास बोर्डको जनाएको छ ।

निमावीतहदेखि कलेज र सबै क्याम्पसहरुमा फिल्मवारे शिक्षा शुचारु गर्न सके नेपालीकला, संस्कृति र साहित्यको महत्व बढ्नेछ । नेपाली फिल्मको संस्कर बढ्नेछ । फिल्मको इतिहास जिवित रहनेछ ।प्रत्यक्ष अप्रत्यक्ष नेपाली फिल्मको दर्शक बढ्नेछ ।

अबका दिनमा व्यवसायिक शिक्षाहरु आवश्यक रहेको यकिनगर्दै पाठ्यक्रमविकास केन्द्रले नयाँ पाठ्यक्रममा फिल्मलाई समेट्न लागिएको हो ।शुरुमा विद्यालय स्तर र त्रिभुवन विश्व विद्यालय अन्तर्गतका पाठ्यक्रममा फिल्मलाई समेट्ने तयारी गरिएको छ । त्यसपछि सबै विद्यालय र कलेजहरुमाफिल्मको विषयपनि पढ्न सकिनेछ ।यसले भविष्यमागएर फिल्मप्रति रुचीहुने विद्यार्थीलाई पहिलेदेखि नै लगाव राख्ने र तयारी गर्ने निश्चित रहन्छ, पाठ्यक्रमविकास केन्द्रकामहानिर्देशक केशव प्रसाद दाहालले बताए ।

विकास बोर्डका अनुसार स्कुलतहदेखि नै फिल्मको ईतिहास, साहित्यीकपक्ष र प्राविधिकपक्षको ज्ञान जरुरी रहेकोले यसको पहल गरेको बताए । उनकाअनुसार ढिलोचाँडो यसको शुरुवातहुदैछ । यो चलचित्र विकास बोर्डको लागि मात्रहैन, आम नेपालीहरुको लागि सुखद् पक्ष पनि हो । फिल्मबाटै नेपालीकला, संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनको लागिपनि यो आवश्यक रहेको बोर्डले जनाएको छ ।

प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १० : ४९ pm

प्रतिक्रिया दिनुहोस

Related News