हरिबंश आचार्यले गरे गित मार्फत सबैलाई सजग हुन आग्रह

हरिबंश आचार्यले गरे गित मार्फत सबैलाई सजग हुन आग्रह
Glammandu प्रकाशित: मंगलबार, २१ बैशाख २०७८, १५ : ४५ pm

सुप्रसिद्ध हाँस्य कलाकार एबं गायक हरिवंश आचार्य कोरोना महामारीको दोश्रो लहरको चपेटमा नेपाल समेत परेको अवस्थामा कोरोनाबाट बच्न र अरुलाई पनि बचाउन सन्देश दिने गीत सार्वजनिक गरेका छन् । उनको उक्त गित ४२ सेकेन्ड लामो छ ।

उनले गितमार्फत अर्को जुनी कोहि कसैलाई पनि थाहा नभएको भन्दै यहि जुनीमा कोरोनाबाट बच्नका लागि सजग हुन आग्रह गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेको यो गीतलाई २२ हजार भन्दा बढीले शेयर गरीसकेका छन् । अधिकांशले यो बिषम परिस्थितीमा एक कलाकार भएको नाताले कोरोना सम्बन्धी जनचेतना जगाएको भन्दै हरिवंशको प्रशंसा पनि गरेका छन् ।

गतबर्ष आफै कोरोना संक्रमित भएका हरिवंशले कोरोनालाई सामान्य रुपमा नलिन पनि अपिल गरेका छन् ।

 

 
 

प्रकाशित: मंगलबार, २१ बैशाख २०७८, १५ : ४५ pm

प्रतिक्रिया दिनुहोस

Related News