गायक प्रकाश सपुतलाई कोरोना संक्रमण, लेखे यस्तो स्टाटस

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण, लेखे यस्तो स्टाटस
Glammandu प्रकाशित: शुक्रबार, १७ बैशाख २०७८, १५ : ३५ pm

चर्चित मोडल तथा गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं मेडिकल कलेजमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । अस्वस्थ भएपछि परीक्षण गराएका सपुतमा कोरोना संक्रमण पुष्टि भएको हो  ।

उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै आफू कोरोनाबाट संक्रमित भएको जानकारी दिएका छन्  । साथै उनले आफूसँग प्रत्यक्ष भेट भएकाहरुलाई पनि परीक्षण गराउन आग्रह गरेका छन् । हाल उनी होम आइसोलेसनमा छन् ।

उनले लेखेका छन्, अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का  अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला ।

उनले कोरोनालाई सामान्य नठान्न र सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।

608bd4fd6af27.JPG
प्रकाशित: शुक्रबार, १७ बैशाख २०७८, १५ : ३५ pm

प्रतिक्रिया दिनुहोस

Related News