कोरोना संक्रमित पूर्वमहारानी कोमलको अवस्था गम्भीर, प्लाज्मा थेरापीबाट उपचार हुँदै

कोरोना संक्रमित पूर्वमहारानी कोमलको अवस्था गम्भीर, प्लाज्मा थेरापीबाट उपचार हुँदै
Glammandu प्रकाशित: शुक्रबार, १७ बैशाख २०७८, १३ : २१ pm

कोरोना संक्रमण भई यस नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वमहारानी कोमल शाहको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछ उनलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको हो । 

उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । 

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा हुनुहुन्छ ।  पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । 

तीनैजना गत शनिवारदेखि नर्भिक अस्पतालमा भर्ना भएका हुन् । त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । 

प्रकाशित: शुक्रबार, १७ बैशाख २०७८, १३ : २१ pm

प्रतिक्रिया दिनुहोस

Related News