नेपाली बजारमा आज (बिहीबार) सुनकाे मूल्य बढेकाे छ ।
बिहीबार सुनकाे मूल्य ताेलाकाे ३ सय रुपैयाँले बढेर प्रतिताेला ९० हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको भाउ पनि ताेलाकाे ३ सय रूपैयाँले नै बढेर प्रतितोला ९० हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय १५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस