फेसन डिजाइनर अल्बर एल्बाजको कोभिडबाट मृत्यु

फेसन डिजाइनर अल्बर एल्बाजको कोभिडबाट मृत्यु
Glammandu प्रकाशित: सोमबार, १३ बैशाख २०७८, १२ : १७ pm

फ्रान्सका सुप्रसिद्ध फेसन डिजाइनर अल्बर एल्बाजको कोरोनाभाइरसको संक्रमणबाट ५९ वर्षको उमेरमा शनिबार निधन भएको छ । 

रिचमन्ट लक्जरी ग्रुपका अध्यक्ष जोनाथन रुपर्टले अल्बरको निधनको खबरले आफू समेत सिङ्गो फ्रान्सेली फेसन उद्योग दुःखित भएको बताएका छन् । 
तीन सातादेखि कोभिडसँग सङ्घर्ष गरेपश्चात् पेरिस स्थित अमेरिकन हस्पिटलमा अल्बरको निधन भएको थियो । 

मोरक्कोमा जन्मेका इजरायली नागरिक एल्बाजले न्यूयोर्कमा अमेरिकी फेसन डिजाइनरसँग मिलेर शुरुवाती दिनहरुमा काम गरेका थिए । त्यसपछि उनी सन् १९९६ मा गाए लारोच र १९९८ मा येभिस सेन्ट लरेन्टमा संलग्न भएका थिए । 

फ्रान्सेली राष्ट्रपति एमानुएल म्याँक्रोले एक विज्ञप्ति जारी गर्दै अल्बरले फ्रान्सेली फेसन डिजाइनलाई विश्वभर फैल्याउन अतुलनीय योगदान दिएको बताए । - रासस

प्रकाशित: सोमबार, १३ बैशाख २०७८, १२ : १७ pm

प्रतिक्रिया दिनुहोस

Related News