आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
हिजो (आइतबार) तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार पनि सोही मूूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य पनि आज स्थिर रहेको छ । आइतबार ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज पनि सोहि मूूल्यमा कारोबार भएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो आइतबार तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस