४ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

४ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
Glammandu प्रकाशित: आइतबार, १२ बैशाख २०७८, ११ : ५२ pm

आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

गएको (शुक्रबार) तोलाको ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार ४ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार २ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि घटेको छ । गएको शुक्रबार तोलाको १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित: आइतबार, १२ बैशाख २०७८, ११ : ५२ pm

प्रतिक्रिया दिनुहोस

Related News