नायिका केकी अधिकारी कोरोना संक्रमणमुक्त

नायिका केकी अधिकारी कोरोना संक्रमणमुक्त
Glammandu प्रकाशित: विहीबार, ०९ बैशाख २०७८, १२ : ०३ pm

नायिका केकी अधिकारी कोरोना संक्रमणमुक्त भएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जानकारी दिएकी हुन् ।
केकीलाई गत सोमबार कोरोना पुष्टि भएको थियो ।

"केही दिन अघिको हावापानीबर्षा पछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो। चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखेँ र तीन दिन पछि पुनः परिक्षण गराउदा नतिजा नेगेटिभ देखियो।  नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु।", उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

साथै उनले सबैलाई सतर्कता अपनाउन पनि आग्रह गरेकी छिन् । उनलाई कोरोना संक्रमण भएपछि छायांकनको तयारीमा रहेको चलचित्र घिन्ताङको छायांकन मिति समेत प्रभावित बनेको छ ।

60811614f24c4.JPG
प्रकाशित: विहीबार, ०९ बैशाख २०७८, १२ : ०३ pm

प्रतिक्रिया दिनुहोस

Related News