आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ ।
हिजो (बुधबार) तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार २ सय रुपैयाँले बढेर तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य आज ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस