चलचित्र ‘घिन्ताङ’को छायांकन रोकियो, कारण यस्तो

चलचित्र ‘घिन्ताङ’को छायांकन रोकियो, कारण यस्तो
Glammandu प्रकाशित: बुधबार, ०८ बैशाख २०७८, १७ : १४ pm

चलचित्र ‘घिन्ताङ’को छायांकन रोकिएको छ  । चलचित्रकी नायिका केकी अधिकारीको कोरोना रिपोर्ट पोजिटिभ आएपछि छायांकन रोकिएको  हो । दिपक श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रको छायांकन सोमबारदेखि गर्ने तयारी निर्माणपक्षको रहेको छ ।  तर, केकीमा कोरोना संक्रमण देखिएसँगै छायांकन केही दिन पछि सारिएको हो ।

यसअघि पनि चलचित्रको छायांकन सुरु गर्ने तयारी भैरहँदा निर्देशक दीपक श्रेष्ठलाई कोरोना पोजिटिभ देखिएको थियो । चलचित्रको छायांकन पनौतीबाट सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष थियो । यसका लागि चलचित्रको केही यूनिट पनौती पनि पुगिसकेको बुझिएको छ । केकीको रिपोर्ट नेगेटिभ आएसँगै छायांकन सुरु हुने निर्माणपक्षले बताएको छ ।

प्रकाशित: बुधबार, ०८ बैशाख २०७८, १७ : १४ pm

प्रतिक्रिया दिनुहोस

Related News