सुनको मूल्यमा बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: बुधबार, ०८ बैशाख २०७८, ११ : ४६ pm

आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (मंगलबार) तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार १३ सय रुपैयाँले बढेर तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज बुधबार चाँदीको मूल्य पनि बढेको छ । हिजो मंगलबार तोलाको १ हजार ३ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित: बुधबार, ०८ बैशाख २०७८, ११ : ४६ pm

प्रतिक्रिया दिनुहोस

Related News