आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ ।
हिजो (सोमबार) तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार ३ सय रुपैयाँले घटेर तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य आज ९० हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको मूल्य ९० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो सोमबार तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस