खुलेको केहि महिना नहुँदै सिनेमा हलहरु पुन: बन्द हुने भएका छन् ।
आज (सोमबार) बसेको मन्त्रीपरिषद्को बैठकले शहरी क्षेत्रमा कोभिडको जोखिम बढेको भन्दै विद्यालय, चलचित्र भवन, रात्रीकालिन व्यवसाय लगायतका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारले बैशाख मसान्तसम्म भीडभाड हुने विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेसँगै चलचित्र हलहरु पनि बन्द हुने भएका हुन् ।
गतबर्षको पौष २६ गते सरकारले ५० प्रतिशत अकुपेन्सीमा हलहरु खोल्न दिने निर्णय गरेको थियो । यसपछि, हलहरु संचालनमा आएका थिए । तर, हल संचालनमा आएको ३ महिनापछि फेरि बन्द हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस