२४ घण्टामा १२ सय बढीमा कोरोना भाइरसको संक्रमण

२४ घण्टामा १२ सय बढीमा कोरोना भाइरसको संक्रमण
Glammandu प्रकाशित: सोमबार, ०६ बैशाख २०७८, १७ : ०२ pm

नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढ्न थालेको छ  । 

पछिल्लो २४ घण्टामा १२ सयभन्दा  बढी संक्रमित थपिएका छन्  । सोमबार थप एक हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ  । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।  

बितेको २४ घण्टामा ७ हजार ५ सय ४८ जनाको परिक्षण गर्दा एक हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये, ७ हजार १ पिसिआर विधिबाट र ५ सय ४७ जनाको एन्टीजेनबाट परिक्षण गरिएको छ ।

यस्तै बितेको २४ घण्टामा १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । एक हजार २ सय ८१ संक्रमित थपिँदा २ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित: सोमबार, ०६ बैशाख २०७८, १७ : ०२ pm

प्रतिक्रिया दिनुहोस

Related News