३ सयले बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

३ सयले बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: सोमबार, ०६ बैशाख २०७८, ११ : ३७ pm

आज (सोमबार) पनि नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (आइतबार) तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (सोमबार) ३ सय रुपैयाँले बढेर तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको मूल्य २ सय रुपैयाँले बढेको थियो । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज (सोमबार) चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो आइतबार तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित: सोमबार, ०६ बैशाख २०७८, ११ : ३७ pm

प्रतिक्रिया दिनुहोस

Related News