नेपालमा एकैदिन थपिए १ हजार ९६ संक्रमित

नेपालमा एकैदिन थपिए १ हजार ९६ संक्रमित
Glammandu प्रकाशित: आइतबार, ०५ बैशाख २०७८, १७ : १४ pm

नेपालमा कोरोना संक्रमणको जोखिम बढेको छ । आज एकैदिन एक हजारभन्दा बढी संक्रमित थपिएका छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

जम्मा ५ हजार ८४ जनाको पिसिआर परीक्षण गर्दा १०१५ जनामा संक्रमण पुष्टि भएको छ, भने ६९९ जनाको एन्टीजेनबाट परिक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर र ४५ जना भक्तपुरका रहेका छन् । पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित: आइतबार, ०५ बैशाख २०७८, १७ : १४ pm

प्रतिक्रिया दिनुहोस

Related News