सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: आइतबार, ०५ बैशाख २०७८, ११ : २४ pm

आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

गएको (शुक्रबार) तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार २ सय रुपैयाँले बढेर तोलाको ९० हजार ७ सय  रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, तेजावी सुनको मूल्य आज ९० हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।  

प्रकाशित: आइतबार, ०५ बैशाख २०७८, ११ : २४ pm

प्रतिक्रिया दिनुहोस

Related News