सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: शुक्रबार, ०३ बैशाख २०७८, ११ : २५ pm

आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (बिहीबार) तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ७ सय रुपैयाँले बढेर तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको मूल्य ३ सय रुपैयाँले बढेको थियो । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज ९० हजार रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो बिहीबार तोलाको १ हजार २ सय ९० रुपेैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  
 

प्रकाशित: शुक्रबार, ०३ बैशाख २०७८, ११ : २५ pm

प्रतिक्रिया दिनुहोस

Related News